राजनीतिहेडलाईन

महरा प्रकरण : छानबिन शुरु, महरा अव सांसाद समेत नरहेको नेकपा नेताको भनाई

काठमाडौं
जबरजस्तीकरणीकोआरोप लागेपछि सभामुख पदका राजीनामा दिएका कृष्णबहादुर महराको प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ ।

मंगलबार दिउँसो घटना भएको भनिएको सुविधानगरस्थित पीडितको घरबाट रक्सीका बोतल, कपडा र अन्य सबुत संकलन गरिएको प्रहरीस्रोतले बतायो । अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘हामीले सीसी टीभी फुटेज संकलन गरेर पनि विश्लेषण थालेका छौं ।’

आफ्नै कर्मचारीले जबरजस्तीकरणीको आरोप लगाएपछि महराले मंगलबार दिउँसो  राजिनामा दिएका छन् । उपसभामुखलाई बुझाएको राजिनामामा महराले भने ‘आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान सहज जोस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।’ भनेका छन् तर महराले आफ्नो रानीनामामा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ शर्त राखे पनि राजीनामा शर्त राखेर नहुने संविधानविदहरु बताउँछन् ।

नेकपा सचिवालय बैठकले महरालाई सभामुख र प्रतिनिसभा सदस्य दुवै पदबाट राजीनामा गर्न भनेको थियो । महराले सभामुखको राजीनामा शर्त राखेका छन् भने सांसद पदबाट राजीनामा दिएका छन् । तर, संसदीय दलका उपनेता नेम्वाङले भने पार्टीको आँखामा महरा अब सांसद पनि नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker