आइडिया

के तपाई पोर्न फिल्म हेर्नुहुन्छ ? सावधान ! यस्तो भयानक स्थिति आउला

एजेन्सी 
अश्लिल चलचित्र हेर्नका लागि तपाई महत्वपूर्ण काम छाड्नु हुन्छ वा एकान्तमा बसेर फिल्म हेरेर समय विताउनुहुन्छ भने त्यो तपाईंको लागि घातक हुन सक्छ । 

एक अनुसन्धानका अनुसार जसले पोर्न फिल्मबढी मात्रामा हेर्छन् उनीहरुको जीवनमा रोमान्स कम हुँदै जान्छ । उनीहरुलाई डेट, कसैसँगको भेटघाट र रमाइलोले खासै असर पर्दैन । किन भने उनीहरुले यी सवैमा भन्दा पोर्न हेर्न मै आनन्दको महशुस गर्छन् । 

अनुसन्धानका अनुसार स्थिती त्यतिबेला खराब हुनसक्छ जब तपाईंलाई डेटिङमा जानुभन्दा पोर्न हेर्न राम्रो लाग्न थाल्छ । यस्तो अवस्थामा तपाईंको आत्मविश्वास खस्किने गर्दछ र तपाईं आफूलाई अरुभन्दा भिन्न पाउनुहुन्छ । यसले तपाईंको सम्बन्धमा नकारात्मक असर पुर्याइरहेको हुन्छ ।

३ सय ५० पुरुष र ३ सय ३६ महिलामाथि गरिएको यो सोध जर्नल अफ सेक्स रिसर्चमा प्रकाशित भएको थियो । आफूलाई चाहेर पनि पोर्न हेर्न रोक्न सक्नुहुन्न भने तपाईंलाई पोर्नको लत लागेको बुझ्नुपर्ने अनुसन्धानले बताएको छ । अनुसन्धान भन्छ, ‘स्थिती त्यतिबेला भयानक बन्ने गर्दछ जब तपाईंलाई पोर्न हेर्नु राम्रो होइन भन्ने थाहा हुँदा हुँदै पनि आफूलाई यसबाट टाढा राख्न सक्नुहुन्न । यस्तो स्थितीमा तपाईंको आत्मविश्वास खस्किन थाल्छ । ’

यदि तपाईंलाई पोर्न हेरेपछि हिनताबोधको भावना पैदा हुन्छ र तपाईं तनाव लिनुहुन्छ भने यसको प्रत्यक्ष असर तपाईंको सम्बन्धमा पर्ने गर्दछ । जसले तपाईको जीवन नै ववार्दद हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker