समाचार

DV2021 को आवेदन खुल्ला, थपियो नयाँ नियम

संयुक्त राज्य अमेरिकाले डाइभर्सिटी भिसा(डीभी) २०२१ का लागि आवेदन खुल्ला गरेको छ। सूचना अनुसार २०१९ अगष्ट २ देखि  नोभेम्बर ५ सम्म आनलाइनमार्फत आवेदन दिन सकिनेछ ।

अमेरिकाको आप्रवासी ऐन(इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्था अनुसार डिभीका लागि आवेदन खुल्ला गरेको हो। डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा जनाइएको छ। डिभी भरेवापत कुनै शुल्क लाग्ने छैन।

अघिल्ला वर्षका शर्त यथावत राख्दै यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ। जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker