राजनीतिहेडलाईन

सभामुख कृष्णबहादुर महराको फेरी दोस्रो राजीनामा

काठमाडौं – सभामुख कृष्णबहादुर महराले आज फेरी राजीनामा दिएका छन् ।

संसद सचिवालयकै कर्मचारी रोशनी शाहीले यौन दुर्ब्यबहारको आरोप लगाएपछि हिजो राजीनामा दिएका महराले भाषा नमिलेको भन्दै आज पुन राजीनामा दिएका हुन्। हिजो बुझाएको राजीनामाको भाषामा विवाद आएपछि महराले बुधबार अर्को राजीनामा बुझाएका हुन्।

उनले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई भाषा सच्याएर दोस्रो राजीनामा बुझाएका छन् ।महराले यसअघि बुझाएको राजीनामा पत्रमा ‘छानबिन प्रक्रिया नसकिँदा सम्मका लागि’ भन्ने शब्दावली प्रयोग गरिएको थियो । यो शब्दावलीलाई लिएर पार्टी भित्र र बाहिर शर्तसहित उनले राजीनामा दिएको भनेर आलोचना भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker