धर्म संस्कृतिहेडलाईन

महिशासुर मर्दिनी कात्यायनी देवीको आज पुजा गरिंदै ।

काठमाडौ
नेपालीहरुको महान चाड बडा दशैंको छैटौं दिन आज कात्यायनी भगवतीको पुजा अर्चनागरी मनाईदै छ ।नवरात्रको छैटौं दिन अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा कात्यायनी भगवतीको पुजा अर्चना गर्ने परम्परा रहेको छ । आजको दिनमा कात्यायनी भगवतीको पुजा गरेमा रोग शोक भय दुख दरिद्र जस्ता संकट नाश हुने धार्मिक बिश्वास रहेको पाइन्छ ।

देवि भागवतमा उल्लेख भए बमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन रहेको छ ।  तिनै कात्यायनीले महिशासुरको बध गरेको शास्त्रीय मान्यता रहेको छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । दुर्गादेवीले आसुरी एवम् राक्षसी प्रवृर्ती बाट देवतालाई जोगाएकाले समस्त मानव जातिले नै पूजा आराधना गर्ने शास्त्रीय नियम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker