धर्म संस्कृतिप्रदेश नं. ३

पाशुपत क्षेत्र गौरीघाटमा नवदुर्गा पूजा

[mashshare]

मुना न्यौपाने / काठमाडौँ।
वडादशैँको पूर्वसन्ध्यामा नव जागरुक युवा क्लबले पाशुपत क्षेत्र गौरीघाटमा नवदुर्गा पूजा कार्यक्रम आयोजना भैरहेको छ । गत असोज १२ गते विहान पूजा सुरु गरी सोही स्थानमा जमरा समेत सुभारम्भ गरिएको सो पूजा वडादशैँको दिन समापन हुनेछ ।
सो कार्यक्रममा भव्यताका साथ सम्पन्न गर्नका लागि स्थानीय संघसंस्था, टोल सुधार समिति, व्यक्ति तथा भक्तजनहरुले दैनिक पूजा कार्यक्रमा सहयोग तथा सहभागिता जुटिरहँदा थप रौनकता थपिएको स्थानीयबासी भरत श्रेष्ठ बताउनुहुन्छ । प्रत्येक दिन बेलुका ६ः००० बजे भजनकीर्तन, आरती अनि प्रसाद समेत वितरण गर्ने गरिएको छ । नौरथाको नवमीको दिन विहान ९०० बजे कुमारी पूजा होम गर्ने कार्यक्रम रहेको र विजया दशमीको दिन विहान ८ः०० बजे जमारा तथा नवदुर्गाको टिका विवरण गर्ने कार्यक्रम रहेको नवजागरुक क्लबका संस्थापक अमृतजंग थापाले बताउनुभयो । साथै थापाले सो कार्यक्रममा सरिक भई फूलप्रसाद ग्रहण गरिदिनुहुनको लागि सम्पूर्ण स्थानीयबासीहरुलाई अनुरोध गर्नुभएको छ ।
नव जागरुक युवा क्लबले २०५७ सालमा स्थापना भई सामाजिक, खेलकुद र धार्मिक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । क्लबले हनुमान पूजा, २०५८ सालदेखि महाशिवराजी पूजा, २०७१ सालदेखि गृहेश्वरी जात्रा तथा २०७१ सालदेखि विजया दशमीको अवसमार नव दुर्गा पूजा स्थानीय संघसंस्था तथा व्यक्तिहरुको सहयोगमा आयोजना गर्दै आइरहेको छ । यस वर्षको नव दुर्गापूजा छैठौँपटकको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker