गीत संगीत

प्रेमिको पर्खाइमा थाकेर रुँदै केकि अधिकारी (भिडियो)

काठमाडौँ ।
नेपाली सिने उद्योगमा चलेकी अ‍ेभिनेत्री हुन्– केकी अधिकारी । जीवन्त अभिनय गर्ने केकी अधिकारी यतिबेला भने आफ्नो मान्छेको पर्खाइमा थाकेर रुँदै गरेकी भेटिएकी छिन् । आफूले माया गरेको मान्छेको पर्खाइमा रुँदै गरेको केकी अधिकारीको यो भावुक दृष्य गायिका दुर्गा खरेलको पछिल्लो गीतको म्यूजिक भिडियोका लागि कैद गरिएको हो ।

‘तिमीलाई भनेर म कुरिरहे बाटोमा, तर तिमी आएनौ“ किन ?’ बोलको सार्वजनिक सेन्टिमेन्टल गीतमा दुर्गाको स्वरसँगै केकीको अभिनय निक्कै खुलेको छ । गीतको म्यूजिक भिडियोमा अभिनेत्री केकीलाई पवन शर्माले अभिनयमा साथ दिएका छन् ।

नेपाली सांगीतिक क्षेत्रमा निक्कै रुचाहिएका लोकप्रिय संगीतकार अर्जुन पोख्रेलले लेखेको यो गीतमा संगीत तथा संगीत संयोजन पनि पनि अर्जुन स्वयम् ले गरेका छन् ।

गीतको म्यूजिक भिडियोमा केकी अधिकारी र पवन शर्माले अभिनय गरेका छन् । म्यूजिक भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । नवराज उप्रेतीले छायांकन गरेको म्यूजिक भिडियो सम्पादन भरत रेग्मीले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker