प्रदेश नं. १समाज

झापामा करेन्ट लागेर १ जनाकाे मृत्यु, एक घाइते

झापा ।
झापाको कमल गाउँपालिका–३ स्थित केरखामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा वडा नम्बर १ का ६१ वर्षीय विष्णुप्रसाद चौलागाईं रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै करेन्ट लागेर उनकी श्रीमती ६१ वर्षीय पम्फादेवी चौलागाईं घाइते भएकी छिन् ।

आज बिहान आफ्नै नयाँ घरमा पानी लगाउने क्रममा अचानक करेन्ट लागेर चौलागाईं दम्पती घाइते भएका थिए । घाइते विष्णुप्रसादलाई उपचारका लागि दमकको लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही अस्पतालमा घाइते पम्फादेवीको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker