पत्रपत्रिकाराजनीति

सांसद् पद जोगाउन महराको लबिङ

काठमाडौं ।
आफ्नै सचिवालयको स्वास्थ्य शाखामा कार्यरत महिलाले यौन दुर्व्यवहारको आरोप लगाएपछि महरालाई सभामुख र सांसद् दुवै पदबाट राजीनामा दिन नेकपा सचिवालय बैठकले निर्देशन दिएको थियो । तर, महराले सभामुख पदबाट मात्र राजीनामा दिएका छन् । आजको कान्तिपुर दैनिकका अनुसार, उनले सांसद् पदबाट राजीनामा दिनुको साटो यथावत् रहन लबिङ थालेका छन् । तर, उनले पद जोगाउन त्यस्तो कसरत को–कोमा गएर गरिरहेका छन् भन्नेबारे भने समाचारमा केही खुलाइएको छैन ।

‘आरोप स्वीकारेझैं चुपचाप पनि बस्ने, पार्टी नेतृत्वको निर्देशन नमान्नने त हुँदैन’, एक नेकपाका स्थायी समिति सदस्यलाई उद्धृत गर्दै कान्तिपुरले लेखेको छ, ‘पार्टीका आँखामा अब महरा सांसद् रहेनन् । हामीले दाङ क्षेत्र नम्बर २ रिक्त रहेको कल्पना गरिसक्यौं ।’

फ्रन्टपेजमा दशैंको उल्लास झल्काउने तस्वीर पस्केको अन्नपूर्णले महरालाई नपक्रन दबाव बढेको लेखेको छ । अन्नपूर्णका अनुसार, पूर्वमाओवादी नेताले पछिल्लो समय महरालाई पक्राउ नगर्न दबाव बढाइरहेका छन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डकै सुझावमा महराले सभामुखबाट राजीनामा दिएका हुन् ’, स्रोतको हवाला दिँदै अन्नपूर्णले लेखेको छ, ‘तर महरालाई पक्राउ गरेर छानबिन नथाल्न पार्टीभित्रकै दबाव छ ।’ प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डले पक्राउ गरी थुनामा राख्नु परे सोधेर मात्रै अगाडि बढ्न सुरक्षा निकायलाई भनेका छन् ।

दबावपछि उनलाई पक्राउ नगरे पनि अभियुक्तसरहकै व्यवहार गरिरहेको समाचारमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker