गीत संगीत

दशैंमा आमेरिकाबाट आयो कोसेली” कोहिको माया हिरा ” ( भिडियो )

काठमाडौं।
बिगत लामो समय देखि नेपाली गीत संगीतमा क्रियाशील गायक सुदन गैरेले  ” सानी ”  बोलको म्युजिक भिडियोको सफलता पछि नयाँ गीत ” कोहिको माया हिरा ”  सार्वजनिक गरेका छन। 
नेपालीहरुको महान चाडबाड दशैँ तिहारको पूर्वसन्ध्यामा आफन्त, साथीभाई र परिवारजन संगको भेटघाटलाई
नाच्ने गाउने रमाइलो बनाउनको लागि अमेरिकाबाट  कोसेली स्वरूप गायक गैरेले  नयाँ गीत  सार्वजनिक गरेका हुन ।

यस गीतमा स्वर गायक सुदन गैरेको रहेको छ । किरण माइकलले गीतको शब्द लेखेका हुन भने किरणले नै गीतमा संगीत भरेका हुन । संजय हमालले गीतको संगीत संयोजन गरेका हुन ।

डान्सिङ प्याटर्नको भिडियोमा अन्जु र बिक्रम फ़िचर्ड छन। बिष्णु थापा मगर र श्याम कुमार रायमाझीले सयुक्त रुपमा भिडियोलाई कोरियोग्राफी गरेका हुन । भिडियोलाई छायांकन र सम्पादन फराज अर्पणले गरेका हुन। गणेश शाहीले भिडियो   निर्देशन गरेका हुन ।  
सुदन गैरेको अफ़िसिएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ  । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker