खेलकुद

ग्रानाडामाथि रियल मड्रिडको सहज जित

[mashshare]

एजेन्सी
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले शानदार जित निकालेको छ । शनिबार राति भएको लिगको आठौं खेलमा रियलले ग्रानडामाथि ४-२ को गोल अन्तरले पराजित गरेको हो ।

रियललाई जित दिलाउनको लागि रियलका नयाँ स्टार खेलाडी इडेन हाजार्ड, करिम बेन्जेमा, लुका मोड्रिक र हामेस रोड्रिग्वेजले समान एक/एक गोल गरे ।

हाजार्डको यो क्लबका लागि पहिलो अफिसियल गोल हो । क्लबका लागि पहिलो गोल गरेको खेलमा हाजार्डले १ गोलका लागि असिस्टसमेतको योगदान दिए ।

खेल शुरु भएको दोस्रो मिनेटमा नै रियलले अग्रता लिएको थियो । ग्यारेथ बेलको क्रस पसामा बेन्जेमाले गोल गर्दै रियलाई अग्रता दिलाएका थिए ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा भाल्भर्डेको पासमा हाजार्डले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २-० को अग्रता लिएको रियलले दोस्रो हाफमा पनि दुई गोल थप्यो भने पहिलो हाफमा कुनै गोल गर्न नसकेको ग्रानडा पनि दुई गोल नै गर्यो ।

खेलको ६१औं मिनेटमा लुका मोड्रिकले गोल गर्दै अग्रता ३-० को बनाए । उसले हाजार्डको पासमा गोल गरे ।

त्यसपछि रियलले दुई गोल खायो । खेलको ६९औं मिनेटमा रियलका गोलकिपर आरिओलाले बक्समा आफ्नै गल्तीले विपक्षी खेलाडीमाथि फउल गरेपछि पेनाल्टी पायो । डर्विन प्रहार गरेको पेनाल्टी गोलमा परिणत भयाे ।

त्यसपछि खेलको ७७औं मिनेटमा ग्रानाडाका लागि डोमिनगोस डुआर्टेले गोल गरेपछि ग्रानाडा खेलमा फर्किएको थियो । तर, सब्सिच्युट खेलाडी हामेस रोड्रिग्वेजले इन्जुरी समयमा सुन्दर गोल गरेपछि खेल रियलले ४–२ ले जित्यो ।

अब यो जितसँगै रियलले ८ खेलबाट १८ अंक जोडेर शीर्ष स्थानमा अग्रता बढाएको छ । ऊ पराजित ग्रानाडाभन्दा ४ अंकले अघि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker