खेलकुदसमाचार

लिभरपुलको संघर्षपूर्ण जित, लेस्टर सिटी २-१ ले पराजित

एजेन्सी
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा लिभरपुलले सघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले पाहुना टोली लेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

जित निकाल्नको लागि लिभरपुललाई निकै कठिन परेको थियो । इन्जुरी समयमा जेम्स मिल्नरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई जित दिलाएका थिए ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले खेलको ४०औं मिनेटमा जेम्स मिल्नको पासमा
साडियो मानेको गोलबाट अग्रता लिएको थियो । मानेका लागि पनि त्यो गोल कोसेढुंगा रह्यो । प्रिमियर लिगमा त्यो उनको ५० औं गोल हो ।

जेम्स माडिसनले खेल सकिन १० मिनेट अघि बराबरी गोल फर्काएका थिए । तर, इन्जुरी समयको ५ मिनेटमा मिल्नरले गोल गर्दै लिभरपुलाई जित दिलाए । लेस्टरका मार्क अल्ब्रिग्टनलेले मानेलाई पेनाल्टी बक्समा फाउल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।

लिभरपुल प्रिमियर लिगमा ४४ खेलदेखि अपराजित छ । युरोपका शीर्ष ५ लिगमा यो सबै भन्दा लामो अपराजित यात्रा हो ।

यो जितसँगै लिभरपुल २४ अंकसहित शीर्षस्थानमा छ भने लेस्टर पनि तेस्रो स्थानमा यथावत छ । दोस्रो स्थानको म्यानचेस्रट सिटीको १६ अंक छ भने लेस्टरको १४ अंक पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker