राजनीतिहेडलाईन

सभामुख निवास बाट महरालाई पक्राउ

काठमाडौं ।
आफ्नै सचिवालयकी कर्मचारिको बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको निवासमा बाट प्रहरिले उनलाइ पक्राउ गरेको छ । अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएपछि प्रहरीले उनलाई पक्राउ गर्न लागेको हो ।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

पक्राउ पछि महरालाई आज सिंहदरबार बृतमा राखेर आनुसन्धान गरिने प्रहरिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker