धर्म संस्कृतिहेडलाईन

विजया दशमीको दोस्रो दिन टिका जमारा लगाएर मनाउँदै ।

काठमाडौं ।
विजयादशमी देखि कोजाग्रत पुर्णीमा सम्म लगाइने टिका तथा जमारा आज दोस्रो दिन पनि घरघरमा मान्यजनको हातबाट टिका र जमरा लगाउदै दशै पर्व मनाइदै छ ।

हिजो विजयादशमी देखि सुरु भएको टिका कोजाग्रत पूर्णीमासम्म लगाउने गरिन्छ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा थापेर मनाइन्छ ।

हिजो देखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker