अन्तर्राष्ट्रिय

टर्कीद्वारा उत्तरी सिरियामा स्थल आक्रमण शुरु

एजेन्सी । 
टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टामा स्थल आक्रमण सुरु गरेको छ । टर्कीका फौज युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा पसेको टर्कीका अधिकारीहरूले बताएका छन् ।

टर्कीका राष्ट्रपति रेजप ताय्यिप एर्दोआनले सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकूहरूलाई हटाएर सिरियाली शरणार्थीका निम्ति सुरक्षित क्षेत्र निर्माण गर्नु हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले टर्कीले गरेको हमलालाई बेठीक भन्दै आलोचना गरेका छन् । उनले उत्तरी सिरियाबाट आफ्नो फौज फिर्ता गरेको केही दिनमै टर्कीले कुर्द क्षेत्रमा हमला गरेको हो ।

अमेरिकाको उक्त कदमले टर्कीलाई आक्रमण गर्न बाटो खुलेको ठानिएको छ । बुधबार टर्कीको सेनाले सीमा क्षेत्रमा रहेका कैयौँ सिरियाली नगरहरूमा हवाई हमला तथा गोलाबारी गरेको थियो ।

This image has an empty alt attribute; its file name is Turkey.jpg

फ्रान्स, जर्मनी तथा ब्रिटेनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक आह्वान गरेका छन् । ब्रिटिश विदेशमन्त्रीले हमलाप्रति गम्भीर चिन्ता प्रकट गरेका छन् ।

हमलाले सो क्षेत्रमा अस्थिरता हुने, मानवीय सङ्कट गहिरिने तथा आइएसविरुद्ध मिलेका सफलता उल्टने जोखिम भएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker