फरक संसारहेडलाईन

एउटा बिचित्रको गाउँ जहाँ राबणको मात्र पुजा हुन्छ ।

[mashshare]

एजेन्सि ।
हिन्दु शास्त्र अनुसार रामलाई सत्य र रावणलाई दैत्य शक्तिको रुपमा व्याख्या गरिए पनि भारतको  मंडला जिल्लाको डुंगरिया गाउँमा, रावणको मन्दिर बनाएर पुजा आजा शुरु गरिएको छ । यहि दशमिको दिन देखि त्याहांका आदिवासिहरुले रावण आफ्नो पुर्खा हो भन्दै, मन्दिर बनाएर पुजाआजा शुरु गरेका हुन् ।

यस्तो छ रावणको भव्य मन्दिर

यस मन्दिरमा रावणको ठूलो मुर्ती राखिएको छ जुन काठ, बाँस र झारपात प्रयोग गरि बनाइएको छ जसको अगाडि अखण्ड ज्योति दन्किरहेको छ। गाउँका मानिसहरूले रावणलाई आफ्ना पुर्खा र आराध्यदेव रहेको भन्दै भगवानको रूपमा पूजा गर्छन्। रावण एक महान विद्वान, महान् संत, वेदका गुरु, महा पराक्रमी, अनुकम्पापूर्ण राजा भएको रावणका अनुयायीहरू को दावि रहेको छ । यिनीहरूले राम-रावण युद्धलाई आर्यन र द्रविनको युद्ध मान्दछन्। उनीहरू रावणलाई आफ्ना पुर्खा र आदि देवका रूपमा पूजा गर्दैछन्।

गाउँका युवाहरू भन्छन कि पहिले हामीलाई रावणको बारेमा धेरै थाहा थिएन। अब हाम्रा अग्रज व्यक्तिहरू भनेपछि मात्र रावण हाम्रा पुर्खा हुन्भन्ने थाहा भयो । यस पृथ्वीमा रावणले राम्रो शासन गरेका थिए, त्यसैले हामीले रावणलाई आफ्नो आराध्यदेबको रूपमा पूजा पुजा गरेका हौं । महाराज रावण धेरै महान् थिए, उनि संग सबै कुराको ज्ञान थियो। उनि यति शक्तिशाली थिए कि उ हिड्दा नैं पृथ्वी चल्न थाल्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker