समाचार

काभ्रेमा मिनिट्रक दुर्घटना, ३ को मृत्यु ११ घाइते

काभ्रेपलाञ्चोक ।
रोशी गाउँपालिका वडा नं. ३ खहरेपागुमा मिनिट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ११ जना अन्य घाइते भएका छन् ।
जिल्लाको बिकट महाभारत गाउँपालिकाबाट बनेपा आउदै गरेको बा ३ ख ३५९५ नम्बरको मिनिट्रक दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको रोशी गाउँपालिका–३ का वडाध्यक्ष धनजीत लामाले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीका अनुसार मृत्यु हुनेमा महाभारत गाउँपालिकाका प्रकाश मोक्तान, वकिल बोम्जन तथा नाम र ठेगाना नखुलेको एक जना रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए । मोक्तान र बोम्जनको घटनास्थलमा तथा अर्काे यात्रुको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मुत्यु भएको हो । दुर्घटनामा घाइते भएका यात्रुको अहिले स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् ।

उक्त गाडीमा दसैं मनाएर फर्कने करिब ३५ भन्दा बढी यात्रु यात्रा गरिरहेको जानकारि प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker