विशेष

नेपाल-चिन रेलको सम्भाव्यता अध्ययन गर्ने सीको घोषणा

काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् ।

शनिबार नेपाल आएका उनले आफ्नो सम्मानमा आयोजित रात्रीभोजलाई सम्बोधन गर्दै यो घोषणा गरेका हुन् ।

स्रोतकाअनुसार यसबारे आइतबार सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता भएपछि यसबारे औपचारिक सहमतिमा हस्ताक्षर हुनेछ ।

चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण वर्ष २०२० मा धेरैभन्दा धेरै चिनियाँ पर्यटकलाई नेपालमा जान उत्प्रेरित गर्ने पनि बताएका छन् ।

नेपाल चीन सम्बन्धमा कुनै समस्या नरहेको, मित्रता मात्र रहेको पनि राष्ट्रपति सीले बताए । नेपाल आउँदा पुराना तथा नयाँ साथीहरुसँग भेट भएको भन्दै उनले भने, ‘आशा छ, दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछ ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र आफूबीच चुनौती र कठिनाइको सामना गर्ने र विकास तथा समृद्धितिर जान सहकार्य गर्ने सहमति भएको समेत जानकारी दिए ।

उनले जलवायुबारे नेपालको चासोको समर्थन गर्ने र हिमालय क्षेत्रको रक्षामा सहयोग गर्ने समेत बताए । अनलाइन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker