धर्म संस्कृतिसमाचार

आज बडादशैंको अन्तिम दिन कोजाग्रत पुर्णीमा, यस्तो छ धार्मिक महत्व

काठमाडौं
नेपालीहरुको महान चाड बडादशैंको अन्तिम दिन आज कोजाग्रत पुर्णिमा ।  धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी दशैं सम्पन्न गरिदै छ ।

आश्विन प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादशैं आज कोजाग्रत पुर्णिमाको साँझ महालक्ष्मीको पूजा आराधना गरी विसर्जन गरिने धार्मिक परम्परा रहि आएको छ ।

धनधान्यकि देवी महालक्ष्मीले आजका रात पृथ्वीको भ्रमण गरी को जागा बसेको छ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पुजा आराधना गरिरहेको छ, उसैलाई आशिर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण आज राति गृहिणीहरु जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गर्दछन ।

दशैंको टिका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटनस्थापनाका दिन दशैंघर र कोतहरुमा राखिएको जमरा आज विर्सजन गरिदै छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भु चैत्यमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ ।

कोगाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पुर्णिमा अर्थात एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पुजाअर्चना गर्ने धार्मिक प्रचलन अनुसार आजैदेखि आकासदीप बाल्ने र कार्तिक स्नान गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker