अर्थ खबरपत्रपत्रिका

वैदेशिक लगानीमा चीन सबैभन्दा अगाडि

[mashshare]

काठमाडौं ।
आजको आर्थिक अभियान दैनिकले नेपालमा चिनियाँ लगानि कति भन्ने विषयमा बिश्लेषणात्मक समाचार प्रकाशन गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा धेरैको चासो केरुङ–काठमाडौँ रेलमार्गमा छ । तर, नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने मामिलामा चीन सबैभन्दा अगाडि रहेको तथ्य भने धेरैले चासो नदिएको पक्ष हो ।


उद्योग विभागको पछिल्लो तथ्याकंंले देखाउँछ, नेपालमा चिनियाँ लगानी निरन्तर बढ्दो छ र असोजको दोस्रो सातासम्म चिनियाँ लगानीकर्ताहरुले कुल रु १०४ अर्ब बराबरको लगानीको प्रतिबद्धता गरेका छन् ।

वि.स. ५० र ६० को दशकमा नेपालमा वैदेशिक लगानीमा अगाडि रहेको दक्षिणी छिमेकी भारतबाट हालसम्म रु ९४ अर्ब ३१ करोडको प्रतिबद्धता आएको छ ।

 २०६२-६३ पछि क्रमसँग बढ्दै गएको चिनियाँ लगानी पछिल्लो ५ वर्षयता ह्वात्तै बढेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker