अन्तर्राष्ट्रियसमाज

जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी, ७० लाख मान्छेले घर छाडे

एजेन्सी ।
मुसलधारे वर्षा र शक्तिशाली आँधीले जापानका धेरैजसो स्थान अस्तव्यस्त भएको छ । ६० वर्ष यताकै शक्तिशाली आँधी र मुसलधारे वर्षाका कारण जापानमा हालसम्म पाँचजनाको मृत्यु भइसकेको छ भने कयौं व्यक्ति लापता भएका छन् ।

चक्रवाती आँधी हेगीबिस राजधानी टोकियोको दक्षिण–पश्चिममा इजु प्रायद्वीपको मुख्य भूमीमा स्थानीय समयानुसार बेलुकी करिब ७ बजे ठोक्किएको हो । अहिले सोआँधी २२५ किलोमिटर प्रतिघण्टाको गतीमा देशको पूर्वी तटतर्फ बढिरहेको छ ।

हेगीबिसको गम्भीरताले नियालेर ७० लाख बढी व्यक्तिलाई आफ्नो घर छोडेर सुरक्षित स्थानतर्फ लागिएको छ । यस्तै, रेल सेवा अवरुद्ध छन् । एक हजार बढी विमान हवाई अड्डामै छन् । दुई लाख ७० हजार घरमा बिजुली आपूर्ती बन्द भएको एनएचकेले जानकारी दिएको छ ।

क्योदो न्यूज एजेन्सीका अनुसार अन्य ११ जना हराइरहेका छन् भने ९० जना घाइते भएका छन् ।

मौसम विभागले राजधानी टोकियोमा शनिबार र आइतबारको बीच आधा मिटरसम्म वर्षा हुनसक्ने सम्भावना देखाएको छ । भारी वर्षाका कारण पहिरो र बाढीको स्थिती पैदा हुनसक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker