राजनीति

सांसद साह पक्राउ, यस्तो छ कानुनी उपचार

जनकपुर विमानस्थलमा प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता भएको छ । मंगलबार बिहान १० बजे जिल्ला प्रहरी कार्यालय धनुषामा नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुरधामको कार्यालयले सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सृजना गरेको भन्दै मुद्दा दर्ता गरेको हो ।

प्रहरी उपरीक्षक शेखर खनालका अनुसार मुद्दा दर्ता भएसँगै सांसद साहलाई पक्राउ गर्नका लागि महानगरीय प्रहरी परिसर काठमाडाैंलाई पत्र काटिएको छ ।

साहले सोमबार जनकपुरबाट काठमाडौं उडान भर्ने क्रममा बिहान ११ः४० मा आउनुपर्ने बुद्ध एयरको प्लेनले डिले गरेको भन्दै सांसदले काउण्टर तोडफोड गरेका थिए ।

के छ कानुनी सजाय  ?
ऐन अन्तर्गत अपराध गरेको खण्डमा ५ वर्षदेखि १० वर्ष सम्मको कैद हुने प्रावधान छ । त्यसैगरी विमानस्थल सुरक्षा विरुद्दको अपराध अन्तर्गत विमानस्थल तथा विमानस्थल क्षेत्र भित्र वा बाहिर रहेका सञ्चार तथा उपकरण बिगारे, भत्काए, क्षति पु-याए, वा नष्ट गरे विमानस्थल सुरक्षा विरुद्दको अपराध मानिनेछ ।

अपराध गर्नेलाई अपराध गर्नबाट भएको नोक्सानी विगो  भराई निजलाई एक वर्षदेखि ५ वर्षसम्म कैद हुने व्यवस्था छ । सो ऐन अन्तर्गत मुद्दाको कारबाही गर्ने अधिकार स्थानीय अदालतलाई छ ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker