मुख्य समाचार
कांग्रेस सांसद आलमलाई ७ दिनको म्याद थप

रौतहट ।
पूर्वमन्त्री एवम् नेपाली कांग्रेस सांसद मोहम्मद आफताब आलमलाई अनुसन्धाका लागि ७ दिनको म्याद थप गरिएको छ ।
जिल्ला अदालत रौतहटका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न ७ दिन म्याद थप गरिएको हो ।
सांसद आलममाथि १३ जना जलाएर मारेको आरोप छ । प्रहरीले आलमलाई हिरासतमा राखेर अनुसन्धान गर्न भन्दै १५ दिन मागेकोमा अदालतले ७ दिनको म्याद थप गरेको छ ।