अन्तर्राष्ट्रियआइडिया

युटुवमा पैसा कमाउन दुर्लभ जनावरको हत्या

[mashshare]

एजेन्सी ।
मान्छेहरु पैसाको लागि धेरै हदपार गर्न पनि तयार हुन्छन् । पैसाको लोभमा कम्बोडियामा बस्ने एक महिलाले कमजोर जनवारहरुलाई मारेर खान थालेकी थिईन् ।

येह लिन टुच नाम गरेकी महिलाले एक यूट्यूब च्यानल मार्फत आफुले जनवार मारेर खाएको भिडियो सार्वजनिक गरेर पैसा कमाउथिन् । त्यति मात्र नभएर उनले पैसाको मोहमा संरक्षण गरेर राखेको दुर्लभ बिरालोलाई मर्न समेत पछि परिनन् ।

त्यति मात्र नभएर उनले पैसाको मोहमा संरक्षणगरेर राखेको दुर्लभ बिरालोलाई मर्न समेत पछि परिनन् ।

सुरुको दिनमा टुचले आफनो श्रीमानसंग मिलेर भिडियो बनाउने गर्थिन । रिपोर्ट्सको अनुसार उनले सर्प, भ्यगुता, जंगली पन्क्षि तथा समुद्रको जीवलाई समेत पकाएर खाई सकिन् । उनले मारेर खाएको अधिकांस जनावरहरु दुर्लभ प्रजातिको रहेको पाईन्छ । उनले बनाएको भिडियोबाट धेरै आम्दानी गरेको दाबी रहेको छ ।

टुचले बनाएको भिडियो भाईरल भएर वातावरण मन्त्रालयसम्म पुगे पछि उनीहरुको खोजतलास भएको हो । उनीहरुले जंगलमा भिडियो बनाईरहेको बेलामा प्रहरीहरुले प्रकाउ गरेका खबर बाहिर आएको छ । दुबैजना बुढाबुढीले आफुले जङ्गली जनवारको सिकार नगरेको बरु जनवारले आफुलाई हमला गर्दा बचाउमा गल्ति हुनपुगेको बताए । कम्बोडिया सरकारको अनुसन्धान अझै जारी  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker