पत्रपत्रिकासमाचार

गुम्बाभित्र हुने यौनदुर्व्यवहारको पर्दाफास : उपचार भन्दै यौनशोषण’

काठमाडौं ।
आज प्रकाशित समाचार पत्रपत्रिकाहरुले गुम्बामा भएका अमानबिय ब्यबहारलाई प्राथामिकताका साथ छापेका छन् । आजको कान्तिपुर दैनिकले ‘उपचार भन्दै यौनशोषण’ शीर्षक दिएर गुम्बाभित्र हुने यौनदुर्व्यवहारको तथ्य उजागर गरेको छ ।

मानिस जहाँ जाँदा धर्म हुन्छ भन्ने मान्यता राख्छन् त्याहाँ नै पाप कर्म हुन्छ भन्दा पत्यार लाग्दैन तर धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरूको यौनशोषण गर्ने गरिएको र यही आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको समाचारमा उल्लेख छ ।

निर्दोष गर्ने जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले धर्मगुरूसहित उनकी सहयोगीलाई साइबर अपराधमा समेत दोषी ठहर गरेको छ ।

कान्तिपुरका अनुसार, दक्षिणकाली, चाल्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा खोलेका रिम्पोछे छोल्टिम दोर्जे यान्तान योन्जन टुल्कु लामा भनिने ज्ञानबहादुर लामालाई डर, त्रास, धाक, देखाइ, करकाप र झुक्यानमा पारी एवं शरीर बन्धक राखी युवतीमाथि करणी गरेको ठहर गर्दै अदालतले सजाय तोकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker