राजनीतिहेडलाईन

निवर्तमान सभामुख कृष्णबहादुर महरा छिट्टै रिहा हुने संकेत

काठमाडौं ।
संसद सचिवालयमा कार्यरत महिला स्वास्थ्यकर्मी रोशनी शाहीमाथि यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा छिट्टै रिहा हुने भएका छन् ।

नेकपाको शीर्षस्थ नतृत्व तहले महरा रिहा हुने सन्देश पार्टीका नेता कार्यकर्तालाई प्रवाह गर्न थालेका छन् । सुरुवाती चरणमा महराप्रति आक्रामक नेताहरु बिस्तारै नरम देखिएका छन् । शाहीले गत १२ असोजको राति महरा आफ्नो तीनकुनेस्थित डेरामै आएर बलात्कारको प्रयास गरेको आरोप लगाएकी थिइन् ।

सत्तारुढ नेकपा सचिवालयको निर्देशनमा महराले गत १४ आसोजमा पदबाट राजीनामा दिएका थिए । राजीनामालगत्तै शाहीले महरा आफ्नो ’ बाबुसमान’ भन्दै यौन दुव्र्यवहार नभएको भन्दै आफूले लगाएका आरोप फिर्ता लिएकी थिइन् । तर, बडादसैंको समयमा प्रहरीले नियन्त्रणमा लिएर रोशनीलाई महराविरुद्ध उजुरी दिन लगाएको थियो । त्यसपछि महरा निवासबाटै पक्राउ परेका थिए ।

सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिएका बेला अस्वस्थ भएपछि हाल महरालाई थापाथलीस्थित नर्भिक अस्पतामला राखिएको छ । मंगलबार अस्पतालबाटै महरालाई प्रहरीले म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पुर्याएको थियो । पछिल्लो समय शाहीले महरामाथि लगाइएको आरोप गलत भन्दै त्यसबारे प्रसारित सबै समाचार तथा अन्तर्वार्ता गलत भएको बताउँदै आएकी छन् ।

स्रोतका अनुसार अदालतमा बयान दिने क्रममा शाहीले महरामाथि आफूले त्यस्तो आरोप नलगाएको र यौनजन्य दुव्र्यवहार नभएको बनायन दिनेछिन् । शाहीले त्यसको संकेत केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमार्फत गरिसकेकी छन् । प्रहरीले दबाबमा महराविरुद्ध उजुरी दिन लगाएको आरोप शाहीको छ ।

उनले अदालतमा समेत त्यस्तै बयान दिएको खण्डमा मुद्दा कमजोर बन्न गई महरा रिहा हुनेछन् । अधिवक्तासमेत रहेका तत्कालीन संविधानसभाका सदस्य रेवतिरमण भण्डारीले शाहीले अदालत समक्ष बयानका क्रममा आफूमाथि दुव्र्यवहार नभएको बयान दिएको अवस्थामा महरा रिहा हुने बताए ।

‘यदि जाहेरीकर्ताले नै कसैको दबाब वा करकापमा जाहेरी दिएको भन्छ भने त्यतिबेला अभियोग प्रमाणित हुँदैन’, भण्डारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker