मुख्य समाचार

रवि लामिछानेको मुद्दा उच्च अदालतमा सुनुवाइ हुँदै, रबिलाई जेल पठाउन सक्ने

काठमाडौ ।
शालिकराम आत्महत्या दुरुत्साहन मुद्धाको आज विहिबार उच्च अदालत हेटौडामा सुनुवाई हुँदैछ ।
आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछानेको जिल्ला अदालत चितवनले दिएको पुनरावेदनको अहिले सुनुवाई हुन लागेको हो ।

उच्च अदालत पाटन अन्तर्गतको उच्च अदालत हेटौडामा ईजलासमा हुन लागेको सुनुवाईको मुद्धा उच्च अदालतका न्यायाधीसद्धय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलासमा नं.३ पेशीमा रहेको छ ।
जिल्ला अदालत चितवनले पुडासैनी प्रकरणमा कार्यक्रममा बोल्न नपाउने, विदेश भ्रमणमा जादाँ अदालतको आदेश लिएर मात्र जान पाउने आदेश दिएको थियो । अदालतको यो आदेशको विरुद्ध लामिछानेले गत भदौ २३ गते उच्च अदालतमा निवेदन थिएका थिए ।

पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरणमा पक्राउ परेका लामिछाने ५ लाख धरौती बुझाई रिहा भएका थिए । आज हुने सुनुवाईले जिल्ला अदालत चितवनको आदेश फैसला बदर वा सदर के गर्नेछ भन्ने कौतुहलको विषय बनेको छ ।

उच्च अदालतले गरेको फैसलाको आधारमा लामिछाने जेल जाने नजाने टुङ्गो लाग्नेछ । उच्च अदालतले लामिछानेलाई जेल पठाउन सक्ने निर्णय पनि गर्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker