रोचक

ललितपुरमा वोकाले मज्जाले खायो चुरोट

काठमाडौं
मानिसले चुरोट खानु त स्वाभाविक हो । बाँदरले पनि चुरोट खाएको घटना छ । तर, बोकाले चुरोट खाएको विरलै सुनिएको छ ।

तर, शंखादेवी मन्दिर परिसरको यो बोकालाई धुँवा असाध्यै मन पर्छ । त्यसमा पनि चुरोटको धुँवा भनेपछि हुरुक्कै । चुरोट खाने बानी परेको यो बोका बेला बेलामा चिया पसलमा पुग्छ । त्यहाँ मानिसहरुले चुरोट सल्काएर मुखमा राखिदिन्छन् । बोकाले चुरोट खान्छ ।

ललितपुरको शंखादेवी मन्दिर परिसरमा छाडिएको यो बोका चुरोटको अम्मली भइसकेको छ । चुरोट खाँदै मुख र नाकबाट धुँँवा निकाल्छ ।


बोका हरेक दिन मन्दिर परिसरमा बालिने धूप समेत चलाउन पुग्छ । उसलाई आगो र धुँवाकाे बानी बसी सकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker