धर्म संस्कृतिमुख्य समाचार

नेवारी समुदायले कार्तिक १३ गते मात्र भाई टिका मनाउने

[mashshare]

काठमाडौं ।
नेवार समुदायले २०७६ को भाइटिका कार्तिक १३ गते मनाउने भएको छ । नेवा खलः कास्कीको बैठकले नेपाली पात्रोमा तिहारको तिथी त्रुटी रहेको भन्दै १३ गते भाइटिका लगाउने निर्णय गरेको हो ।

नेपाल पञ्चागं निर्णायक समितिले तयार गरेको तिहारको तिथि स्वन्ति नखः भन्दा ठीक विपरीत भएकोमा नेवार समुदायले आपत्ति जनाएको छ । औंसीको दिनमा गरिने गाई तथा लक्ष्मी पुजा पनि त्यस दिन दिनमा नभएकाले नेपाल संवत् र म्हः पुजाको दिन गडबड भएको नेवा खलःका अध्यक्ष अशोक पालिखेले बताएका छन् ।

नेवार समुदायले कार्तिक ११ गते लक्ष्मी पूजा, १२ गते प्रतिपदाको दिन नेपाल सम्वत र म्हपूजा मनाएर मात्रै द्धितियाको दिन कार्तिक १३ गते बुधवार भाइटीका मनाउन आफ्नो समुदायमा आग्रह गरेको छ ।

कुनै पनि समितिले प्रकाशित गरेको पात्रोको आधारमा नभइ परापूर्वकालदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिँदै १३ गते भाइटिका अर्थात ’स्वन्ति’ मनाउन लागिएको र उक्त दिन गण्डकी प्रदेश सरकारसंग सार्वजनिक विदाका लागि आग्रह गरिने पालिखेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker