समाचारसमाज

रविको पक्षमा उच्च अदालत : यस्तो छ आदेश

काठमाडौं ।
उच्च अदालत हेटौंडा पाटनको इजालसले शालिकराम पुडासैनी प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको पक्षमा सुनुवाई गरेको छ । सञ्चारकर्मी लामिछाने र कँडेलले जिल्ला अदालत चितवनको आदेश विरुद्ध पेस गरेका निवेदनमा उच्च अदालत पाटनको हेटौंडा इजालसले उनीहरुको पक्षमा विहीबार सुनुवाई गरेको हो ।

उच्च अदालत हेटौंडा पाटनको इजालसले सञ्चारकर्मी लामिछाने र कँडेलको पक्षमा सुनुवाई गर्दै धरौटी माग गर्ने आदेशलाई सदर गरेको छ, भने विदेश जान अनुमति लिनुपर्ने, कार्यक्रम सञ्चालन गर्न नपाउने लगाएतका जिल्ला अदालतको सर्तहरुलाई भने बदर गरेको छ । यो सँगै लामिछाने र कँडेलले विदेश जान अदालतको कुनै अनुमति नचाहिने भएको छ ।

गत भदौ २३ गते लामिछाने र कँडेलले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत हेटौंडामा निवेदन पेस गरेका थिए । शालिकराम पुडासैनी प्रकरणमा ‘सीधाकुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता लामिछाने र उनका सहकर्मी कँडेल क्रमशः पाँच लाख र तीन लाख धरौटीमा रिहा भएका थिए । यसै प्रकरणमा शालिकरामकी गर्लफ्रेण्ड भनिएकी अस्मिता कार्की ‘रुकु’ भने साधारण तारेखमा रिहा भएकी थिइन् ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker