प्रवाससमाचार

‘एनआरएनए’को अध्यक्षमा कुमार पन्त बिजयी

काठमाडौं ।
गैरआवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा कुमार पन्त बिजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा बिजयी भएका हुन् । परिणामकाे औपचारिक घोषणा हुन भने बाँकी रहेको छ।

निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका छन् । बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो । बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो। आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा दुई हजार ३४० मत खसेको थियो।

विहिवार राती अबेरसम्ममा नै अन्तिम मतपरिणाम आइसक्ने अपेक्षा गरिएपनि विवादकै कारण शुक्रबार मात्र अन्तिम मतपरिणाम आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker