प्रदेश नं. १

इटहरीमा नेटवर्किङ वेश्यावृत्ति भईरहेको खुलासा

[mashshare]

पूर्वी नेपालको इटहरीमा नेटवर्किङ वेश्यावृत्ति भईरहेको खुलासा भएको हो । इटहरीको पश्चिम लाईनमा अहिले पनि खुलेआम यौनधन्दा चलिरहेको भन्दै गाउँलेहरु नै विरोधमा उत्रिएपछि प्रहरीले मिसन चलाइरहेको छ । प्रहरीको मिसनले लामो समय देखि यौन धन्दामा संलग्न हुदै आएको इटहरीको पारिजात होटलमा स्कुलकै ड्रेसमा विद्यार्थी सहित जोडीलाई गाउलेहरुले पक्राउ गरेका हुन ।

इटहरी र मोरङका केहि क्षेत्रमा यौनधन्दा गराउँदै आएकी ज्ञानु राई पछिल्लो केहि समय यता पुःन यौन धन्दाको सेटिङ गदै आएको खुलासा भएको छ । परिजात होटलकी ज्ञानु राईले अहिले पनि काठमाण्डौ लगायतको क्षेत्रबाट युवतीहरु ल्याउँने र यौनधन्दा गराउँने गरेकी छिन । गत आईतबार सानो बालिका स्कुलकै ड्रेसमा पारिजात होटलमा छिरे पछि गाउँलेहरुले प्रहरी बोलाएर पक्राउ गरेका थिए । पश्चित लाईनमा यौनधन्दा बढेको भन्दै स्थानीले विरोध गरेका हुन ।
केहि होटलका सञ्चालीकाहरुले काठमाण्डौ, हेटौडा, बुटवल, पोखरा देखिका केटीहरु झिकाएर यौ*न धन्दा चलाउने गरेको प्रहरी स्रोत्रले बताएको छ ।उनीहरुको नेटवर्किङ देशभरी नै रहेको बुझिएको छ । एउटा ठाउँका स्थानीय त्यहीका लागि चिनिने भएकाले त्यो ठाँउमा सम्पर्कमा आएका युवती अर्को ठाउँमा पठाउने र त्यो ठाउँका लागि अर्को ठाउँबाट युवती झिकाएर बे*श्या*बृत्ति गराइरहेको खुल्न आएको हो ।

इलाका प्रहरी पकलीका इन्स्पेक्टर जितेश दाहालका अनुसार स्कुल ब्याग किताव सहित होटलमा १८ बर्षिय बालिका भेटिएको बताए । पारिजात होटलमा स्कुल जान्छु भनेर बालिका आएको रहेछिन युवक सहित हामीले पक्राउ गरेका हौ इन्स्पेक्टर दाहालले भने । उनले आईतबार मात्र होटलहरुबाट ४ जोडीलाई प*क्राउ गरिएको जनाए । मनव वेचविखन मुद्धामा लामो समय जेल बसेर आएकी होटल प्याराडाईसकी सञ्चालीका शोभा दाहालले पनि पुन यौनधन्दा सुरु गरेको पाईएको छ । उनको होटलबाट पनि प्रहरीले १ जोडीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।स्थानीयबासीहरुले यौनधन्दा गराउँनेहरुले गाउ ठाउँकै बदनाम गरेको भन्दै आपत्ती जनाएका छन ।

सोही ठाउँमा आईतबारनै पेन्स होटलमा खुलेआम यौनधन्दा गराईरहेको देखे पछि गाउँलेले विरोध गरेका थिए । यसरी यौनधन्दा नगराउँनु भन्दै होटलमा पुगेका हिरा गिरीलाई मरासन्य हुने गरि कुटपिट गरेको थिए । गिरीको हाल विराटनगरमा उपचार भईरहेको छ । पेन्स होटलका सञ्चालक तथा बाउण्सरहरुको कुटाईबाट गिरी सँगै कृष्ण पौडेल र सुर्यकिरण खत्री लगायत घाईते भएका छन । उनीहरु सँगै अन्य गाउँलेहरु विरोध गर्न होटल पुगेका थिए ।

news source : www.janaboli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker