गीत संगीत

द कार्टुन क्रु फिचर चर्चित गायक सचिन रौनियारको ‘कु कु कु’ सार्वजनिक [ भिडियो ]

[mashshare]

काठमाडौं ।
पछिल्लो समयको सर्वाधिक सफल डान्सीङ्ग ग्रुप द कार्टुन क्रु फिचर गायक सचिन रौनियारको ‘कु कु कु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रकाश सापकोटाको शब्द  सचिन अनि जितेन लेप्चाको संगीत रहेको गीतमा फणिन्द्र राइको एरेन्जमेन्ट रहेको छ । कार्टुन क्रुका  
 सरोज अधिकारीको कोरियोग्राफी , कन्सेप्ट र  निर्देशनमा बनेको भिडियोमा  ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र लाक्पा डी लामाको सम्पादन रहेको छ ।द कार्टुन क्रु को अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा आमा न भएकी सानु छोरीको कथा संग जोडिएर बनाइएको छ जहाँ जुनियर कार्टुन क्रु का साना साना भाइ बहिनीहरुको नृत्य तथा अभिनय पनि रहेको छ ।
 बिगत ३ दशक देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको यस अघिका धेरै गीतहरु दर्शकले अत्याधिक रुचाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker