मनाेरञ्जन

पोई पर्यो काले कार्तिक ८ गते बाट, यसो भन्छन् कलाकार

[mashshare]

चितवन ।
यही कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘पोई पर्‍यो काले’ को अहिले धमाधम प्रचार-प्रसार चलिरहेको छ । प्रदर्शन हुन एकहप्ता मात्र बाँकी रहँदा निर्माण टिम शुक्रबार चितवन पुगेर चलचित्रको विषयमा पत्रकारलाई जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक शिशिर राणाले ‘पोई पर्‍यो काले’ कमेडी शैलीको सामाजिक कथाबस्तुमा आधारित भएको बताए ।

उनले चलचित्र कमेडी जनरामा भए पनि यसमा सामाजिक कथा प्रस्तुत गर्न खोजिएको बताए । उनले समाजमा मानिसको बाहिरी रुप मात्र हेरिने गलत प्रवृती माथि चलचित्र निर्माण गरिएको बताए । मानिसको बाहिरी रुप हेरेर राम्रो नराम्रो भनिने गलत सोच राख्नु हुँदैन भन्ने सन्देश चलचित्रले बोकेको उनले बताए । मानिसको रुप भन्दा पनि मन सफा र गोरो हुनुपर्ने बिषयलाई उठाउन खोजेको उनले बताए । चलचित्रमा राणाकै कथा रहेको छ ।

चलचित्रकी अभिनेत्री पूजा शर्माले आफुले गरेको अन्य चलचित्र भन्दा ‘पोई पर्‍यो काले’ फरक किसिमको चलचित्र भएको बताइन् । लभ स्टोरी जनराको चलचित्र गरिरहेको अवस्थामा ‘पोई पर्‍यो काले’ बाट फरक किसिमको चलचित्रमा काम गर्ने अवसर पाएको पूजाले बताईन् । यस्तै पूजाले अन्य नायकहरु भन्दा आकाश श्रेष्ठसँग काम गर्दा केमेस्ट्री राम्रो बनेको बताइन् । आकाशसँगको केमेस्ट्री राम्रो भएकै कारण दर्शकहरुले मन पराएको र त्यही कारण बजारमा आकाशसँग प्रेममा रहेको हल्ला चलेको उनको भनाई थियो ।

तर, बजारमा चलेको हल्ला जस्तो आफुहरु प्रेममा भने नरहेको पूजाले बताइन् । अभिनेता आकाश श्रेष्ठले लभ स्टोरी जनराबाट कमेडी जनराको चलचित्रमा काम गर्दा धेरै चुनौती महसुस गरेको बताए । उनले पहिलो पटक कमेडी जनराको चलचित्रमा काम गर्दा धेरै नै मेहनत गरेको र त्यसको फल पनि राम्रै पाउने विश्वास व्यक्त गरे । यस्तै उनले सधैंझैँ यस पटक पनि चितवनबाट राम्रो माया र साथको अपेक्षा रहेको बताए ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा पूजा र आकाशसँगै सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ । चलचित्र नायिका पूजा शर्मा र नायक सौगात मल्लको वरिपरी घुमेको छ । चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन रहने चलचित्रमा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker