समाचारसमाज

सुनसरीमा प्रहरी चौकी इन्चार्जले गरे एकल महिलाको बलात्कार

काठमाडौं
सुरक्षाको जिम्मा पाएको प्रहरीबाटै असुली, घुस, बलात्कारका घटना नेपालीको लागि नयाँ होइनन् । महिला सहकर्मीमाथि हाकिमदेखि जवानले दुर्व्यबहारदेखि यौन हिंसा भइरहेको कुरा पनि बेलाबेलामा सार्बजनिक भइरहकै हुन् । यसले सिंह प्रहरी प्रशासनमाथि नै प्रश्न उठिरहेको बेला फेरि अर्को घटना घटेको छ ।

पछिल्लो पटक तालिम केन्द्रभित्रै प्रशिक्षार्थी महिला प्रहरी बलात्कारको सिकार भएकी थिइन् । यो नेपालगंजस्थित तालिम केन्द्रको घटना हो । तालिम केन्द्रमै कार्यरत प्रहरी नायव निरीक्षक बमबहादुर रानाले ती प्रशिक्षार्थी महिलालाई बलात्कार गरेका हुन् । पीडित महिलाले आफन्तसँग भनेपछि घटना सार्वजनिक भएको थियो ।

त्यस्तै अर्का प्रहरी चौकीका इन्चार्जबाटै सुनसरीमा एक एकल महिलालाई बलात्कार गरेका छन् । धरान उपमहानगरपालिका–४, पत्रङबारी प्रहरीचौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक पिताम्बर अधिकारीले स्थानीय एकल महिला माथि बलात्कार गरेका हुन् ।

पीडित महिलाले शनिबार इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएपछि अधिकारी पक्राउ परेका छन् । शनिबार नै धरान–४ का वडासदस्य धनबहादुर कुलुङसहित इलाका प्रहरी कार्यालय धरानबाट घटनास्थल गइ प्रहरीले मुचुल्का तयार गरेको छ ।

मादकपदार्थको नशामा रहेका प्रहरी सहायक निरीक्षक अधिकारीले गएको बुधबार मध्यरातमा घरमा सुतिरहेका बेला घरमा प्रवेश गरी आफूलाई बलात्कार गरेको बयान ती महिलाले प्रहरीसमक्ष दिएकी छन् ।

श्रीमानको मृत्युपश्चात् ती महिला चार छोराछोरीसहित पत्रङबारीस्थित घरमा बस्दै आएकी छन् ।

यो पनि पढ्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker