मनाेरञ्जन

मिडिया हब द्वारा जिग्रि र पांडेबिरुद्ध प्रहरीमा उजुरी

[mashshare]

काठमाडौं । नेपाल टेलिभिजनबाट बिहिबार बेलुका प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हवले प्रहरीमा कपिराइटको उजुरी दिएको छ । प्रहरीमा उजुरी परेपछि ‘सक्कीगोनी’ हास्य टेलिश्रृंखलाका मुख्य पात्रहरु अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीलाई प्रहरीले छलफलको लागि बोलाएको छ । 

महानगरीय प्रहरी परिसर टेकुमा परेको उजुरीमा मिडिया हबले आफ्ना क्यारेक्टरहरु नक्कल गरेको भनेर कपिराइटको उजुरी दिएको हो । मिडिया हबले ‘सक्कीगोनी’ टेलिश्रृंखलामा ‘भद्रगोल’का पात्रहरुको चरित्रहरु नक्काल भएको आरोप लगाएको छ । मिडिया हबले जिग्री, पाँडे, बले, कक्रोच, सितेबा सहित दर्जनौं, चरित्रहरु मिडिया हबका उत्पादन भएको भन्दै ति पात्रहरुलाई स्थापित गर्न आफूहरुले लगानी गरेको जनाएको छ । 

मिडिया हबले ‘सक्कीगोनी’ टेलीसृंखलामा आफ्ना क्यारेक्टरहरुको प्रयोग रोक्न सकिने आशा सहित प्रहरीमा उजुरी दिएको बुझिएको छ । 

यसअघि भद्रगोलमा काम गर्दै आएका जिग्री-पाँडे सहित दर्जनौं कलाकारको समुहले मिडिया हबको लगानीमा बनेको ‘भद्रगोल’ टेलीसृंखला छाडेर ‘सक्कीगोनी’ सुरुवात गरेका थिए । असोज २ गते बिहिबारबाट ‘सक्किगोनी’ हास्य टेलीचलचित्र नेपाल टेलिभिजनबाट प्रसारण हुन सुरु भएको थियो । जसमा लोकेसनबाहेक पात्रहरु भद्रगोलकै हुन् । मिडिया हबले पनि नेपाल टेलिभिजनबाट भद्रगोलको प्रशारण गरिराखेको छ । 

नयाँ पात्रहरु राखेर बनाइएको ‘भद्रगोल’मा दर्शकहरुले गाली मात्रै गरेका छन् । जिग्रीपाडे सहित कलाकारहरुले भद्रगोल छाडेपछि नयाँ पात्रहरु हालेर प्रसारण भईरहेको ‘भद्रगोल’को क्रेज ह्वात्तै घटेको छ । 

यता सक्किगोनी निर्माण गरेका जीग्री-पाडेले भने भद्रगोलका सबै क्यारेक्टर आफ्नै सिर्जना भएको दावी गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker