आइडियाराशिफल

२०७६ साल कार्तिक महिनाको ५ गते मंगलवार, हेर्नुहोस् तपाइको आजको राशिफल

आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको ५ गते मंगलवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको नवमी तिथि राति ११।२४ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । तिष्य नक्षत्र दिवा १।४५ बजेसम्म रहनेछ । यसैगरी आज साध्य योग र तैतिल करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।८ मा छ भने सूर्यास्त बेलुका ५।२७ बजे हुनेछ ।
चन्द्रमा आज कर्कट राशिमा छन् । आज मंगलवार राता वस्तुको प्रयोगसँगै गणेशजीको उपासना शुभ रहनेछ

आजको तपाइको राशिफल

मेष–

चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीत लिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ । रमणीय यात्राको सम्भावना रहेको छ।  

वृष–

सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ ।  दाम्पत्य जीवन सुखद रहला 

मिथुन–

सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिनु हुनेछ ।बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । पढाई लेखाईमा राम्रै सफलता हात लागि हुनेछ।  

कर्कट–

अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । सरकारी कार्यमा लाभ मिल्नेछ।  पारिवारिक सुख समृद्धि बढेर जाला।  

सिंह–

बन्द व्यापारबाट फाइदा हुनेछ, आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला । शत्रुले नकारात्मक समयको फाइदा उठाउलान सजक रहनुपर्ने छ। 

कन्या–

चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आकस्मिक धन  लाभ भएर  जानेछ।  

तुला–

परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । यद्धपी स्वादिष्ट भोजनको अवसर मिल्नेछ। व्यापार व्यवसायको क्षेत्रबाट राम्रै सफलता हात लागि हुनेछ। , 

 वृश्चिक–

सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । सहयोगको आशा देखाउनेहरुले झुक्याउने छन।  

धनु–

यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । खानपानमा नियन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल रहेको छ।  पारिवारिक असमझदारी बढ्ने छ।  नोकरी व्यवसायमा खासै प्रगति हुने देखिदैन।  

मकर–

मनोरञ्जन पूर्ण समय रहेको छ।  दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । कार्यभार बढ्नेछ।  अनावश्यक खर्चले गर्दा आर्थिक मन्दीले सताउला।  

कुम्भ–

नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । साथीभाईअकिओ प्रसस्त साथ र सहयोग प्राप्त हुनेछ।  

मीन–

पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । सामाजिक क्षेतमा मान प्रतिष्ठामा वृद्धि हुनेछ।  धर्मकर्ममा रुचि बढ्नेछ।  समक्ग्रमा तपाईका लागि आजको दिन शुभ फलदायी रहेको छ। 

पं. शिव प्रसाद उपाध्याय
ज्योतिषाचार्य, वास्तुविद्

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker