शिक्षाहेडलाईन

सार्वजानिक विद्यालयमा ठुलै अनियमितता, विद्यालय भवनमा भट्टि संचालन

[mashshare]

काठमाडौं ।
तारकेश्वर–८ जरंखु स्थित एक विद्यालयको भवन व्यापारिक केन्द्र बनेको छ । नेपाल रत्न विद्यालयको शैक्षिक प्रयोजनको लागि निर्माण गरिएको भवन व्यवसायिक रुपमा भाडामा प्रयोग हुदै आएको छ ।

सार्वजनिक शैक्षिक गुठी अन्र्तगत दर्ता भएको सो विद्यालयको भवन नक्सा पास बिना नै निर्माण भएकोे छ । विदेशी दाताको सहयोगमा सो भवन निर्माण भएको र भवन निर्माण गर्दा कुनै पनि प्रक्रिया नपुर्याईएको देखिन्छ ।


नक्सापास विना नै निर्माण भएको नेपाल रत्न विद्यालयको भवन उदघाटन कार्यक्रममा शिक्षा मन्त्री गिराजमणी पोखरेल, तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा ।

सो भवनको शिलान्यास तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल धितालले गरेकी हुन् भने उदघाटन शिक्षा मन्त्री गिरीराजमणी पोखरेल र तारकेश्वरका मेयर रामेश्वर बोहराले संयूक्त रुपमा गरेका हुन् ।

उक्त भवन निर्माण भएको जग्गाको हालसावीक नै नगरी सो भवन निर्माण भएको छ । आफैले उत्घाटन गरेको विद्यालय व्यापारीक अखडा बन्दा समेत सोही बाटो दैनिक आवत गर्दै आएका नगरप्रमुख बोहरा अनविज्ञ भएझै गर्दै आएका छन् । सो जग्गाको सधियारसँग सिमाना विवाद समेत रहेकोले भवनको नक्सापास हुन नसकेको हो । उक्त भवनको नक्सा पासको लागि तारकेश्वर नगरपालिकाका ईन्जिनियर मिलन अर्याल र बासु अधिकारीलाई आर्थिक प्रलोभनमा पारी गैह्रकानूनी तरिकाबाट सो भवनको नक्सापास गर्न खोज्दा सूचना सार्वजनिक भएको हो । नेपाल रत्न विद्यालयको शैक्षिक प्रयोजनमा निर्माण भएको सो भवनमा हाल होटल र हार्डवेयर पसल सञ्चालनका लागि बहालमा दिईएको छ ।

सो भवनमा विद्यालयको न कुनै वोड देखिन्छ, न त विद्याथीहरु नै देखिन्छन् । देशको शिक्षा मन्त्री र स्थानीय सरकारको प्रमुख मेयर जस्ता उच्च ओहदाको व्यक्तिले उदघाटन गरेको विद्यालय भवन भट्टी पसल सञ्चालन हुनुले नेकपाका मेयर र मन्त्रीले पदको दुरुपयोग त गरेका होईनन् भन्ने शंका उत्पन्न भएको छ । सो विद्यालय सार्वजनिक शैक्षिक गुठी अन्र्तगत दर्ता भई सञ्चालन हुदै आएको छ । विद्यालय व्यवस्थापन समितिमा समेत सञ्चालकको आफन्तहरु रहेका छन् । विद्यालयको सो भवन निर्माण गर्दा न कुनै टेण्डर आव्हान गरियो न त कुनै सार्वजनिक सुचना पार्टी टासेर सो योजनाको बारेमा सरोकारवालालाई जानकारी गरियो । यसैले सो विद्यालय मनोमानी तरिकाले सञ्चालन हुदै आएको् छ भन्दा अतियुक्ति नहोला ।

हालसावीक नभएको र सिमाना विवादका कारणले तारकेश्वर–८, पेट्रोलपम्प अगाडीको तारकेश्वर नगरपालिकाले निर्माणधीन अवस्थामा रोकेको अस्थायी टहरा ।

नियम अनुसार कुनै पनि सार्वजनिक कार्यालयको योजना कार्यन्वयन गर्दा सामाजिक परिक्षण, सार्वजनिक लेखा परीक्षण र सार्वजनिक सुनवाई गर्नुपर्ने भएता पनि तारकेश्वर–८ को नेपाल रत्न विद्यालयको सञ्चालकहरुले शक्तिको आँडमा मनोमानी गर्दै आएका छन् । तारकेश्वर नगरपालिकाका प्रमुख देखि देशका मन्त्री सम्म पहुँच रहेको सो विद्यालयका सञ्चालकले शैक्षिक प्रयोजनको लागि निर्माण गरेको भवन व्यापारीक केन्द्र बनाएका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker