मुख्य समाचार

आलमले प्रहरीकैसामु भट्टामा मान्छे पोलेका थिए

रौतहट ।
१२ वर्ष पहिले भएको राजपुर बमकाण्डको आरोपमा क्षेत्र नं. २ का सांसद अफताब आलम पक्राउ परेको विषय यतिबेला देशैभरि चर्चामा छ । ०६४ चैत्र २७ गते भएको सो घटनाका प्रत्यक्षदर्शी समसुल मियाँ विष्फोटपछि आफू राजपुर पुगेको र घटनामा घाइते भएकाहरुलाई इँटाभट्टासम्म लगेको आफूले देखेको दाबी गर्छन् । सोे घटनामा समसुलका ज्वाइँ ओशी अख्तरसमेत मारिएका थिए ।

चैत्र २७ गतेको दिन समसुल बिहान सर्लाहीको लालबन्दीबाट तरकारीको व्यापार गरेर फर्किंदै थिए । समसुल लालबन्दीबाट काठमाण्डौंसम्म तरकारी पठाउने कारोबार गर्थे ।

संविधानसभा निर्वाचनको एक दिनअघि भएकाले चन्द्रनिगाहपुरबाट सरुअठासम्म जाने गाडी पाइएला कि नपाइएला भन्ने चिन्ताका कारण समसुलले आफ्नी छोरीलाई ज्वाइँ ओशी अख्तरलाई मोटरसाइकल लिएर लिन पठाउन भने । छोरीले ज्वाइँ चुनाव प्रचारमा गएको भनेपछि उनले आक्रोशित हुदै ज्वाइँलाई किन पठाएको भनेर कराए ।

‘चुनाव प्रचारका लागि आफताब आलमको मान्छेले राजपुर लिएर गए भनिन् छोरीले, ओशीका ससुरा समसुल भन्छन्, ‘चुनावको एक दिन अगाडि, त्यो पनि राजपुर गएको भनेपछि मलाई मन परेन ।’

मनमा डर लागेकाले चन्द्रनिगाहपुरबाट घर पुग्नासाथ साँझ ज्वाइँ ओशी अख्तरलाई बोलाउन राजपुरतिर हिँडेका समसुलले राजपुर पुग्नुभन्दा अघि नै बाटोमै बिष्फोटको ठूलो आवाज सुने । राजपुरबाट आएको त्यो आवाजले उनलाई बेचैन बनाइसकेको थियो । राजपुर गाउँ पुग्नासाथ गाउँमा मानिसहरु यताबाट उता दौडिरहेको उनले देखेका थिए । उनलाई राजपुरकै सेराजुलले गाउँमा बम विष्फोट भएको बताइएको थियो । आफ्नै आँखा अगाडि बम विष्फोट भएको र त्यसमा तिम्रो ज्वाइँ ओशी अख्तर पनि परेको भन्दै समसुललाई गाउँलेले सुनाएका थिए ।ok

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker