विशेषहेडलाईन

महरा प्रकरणले उव्जाएको प्रश्न

बालकृष्ण लम्साल/काठमाडौं
यतिखेर निवर्तमान सभामुख कृष्ण बहादुर महरा प्रकरण अन्य यौन दुर्ब्यबहारका घटना भन्दा फरक तरिकाले अगाडि बढिरहेको छ ।

जुन कुनै घटनाको अनुसन्धान गर्दा घटनाको प्रकृति र घटनास्थलको प्रमाणलाई मुख्य मान्छ । त्यसबाहेक जर्बजस्ती भएको हो होइन फोरेन्सिक जाँच हुन्छ । त्यसो त यो घटनामा पनि यी सबै कुरहरु भए । रोशनीले किटानी जाहेरी नदिएपछि अनुसन्धानका कतिपय विषय केहि समय रोकिए ।

आफैले आरोप लगाएको विषयलाई एकै रातमा बयान बदलेर रोशनी असामान्य ढंगले प्रस्तुत पनि भईन्। उनले आफू लाईडिप्रेसनको रोगी भनिन् । अहिले उनले फेसबुकमा लगातार महराको पक्षमा पोष्ट गरिरहेकी छिन् । उनीविरुद्ध जाने जो कोहीमाथि नकारात्मक टिप्पणी गरिरहेकी छिन् । आफैले बोलाएर अन्तवार्ता दिएका पत्रकारलाई तथानाम लेखेकी छिन् । यसले निश्पक्ष रुपमा पिडित वर्गलाई सहयोग गर्न चाहाने मिडिया र पत्रकारलाइ कमजोर बनाउने नजिरको रुपमा देखा परेको छ ।

यदि रोशनी शाहीले महरालाई आरोप लगाएको हो भने यो घटनामा उनी दोषी छिन् । महराको चरित्रहत्या भएको छ । यदि रोशनीले झूटको खेती गरेकी हुन् भने महराको पदसमेत जानेगरी चरित्रहत्या गर्ने रोशनीमाथि कानुनबमोजिम कारबाही हुनुपर्छ ।

कानुनले कसैमाथि झुटो विषय पेश गरेर चरित्रहत्या गर्ने या संवेदनशील जर्बजस्तीको आरोप लगाउनेलाई कारबाहीको व्यवस्था गरेको छ ?

रोशनी किन रातारात बयान फेर्दै जसका विरुद्ध उभिइन् उसैको पक्षमा लागिन् भन्ने गम्भीर विषय बनेको छ । यसले नेपालमा उच्च तहबाट पहुँच र प्रभावका भरमा घटनालाई छोप्ने या मोड्ने गतिविधि भइरहेको त छैन ? गम्भीर प्रश्न उठेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker