अन्तर्राष्ट्रियमुख्य समाचार

यूकेमा कन्टेनरभित्र ३९ जना चिनियाँ मृत फेला

[mashshare]

यूकेको एक्सिडेन्टमा एउटा लरी कन्टेनरभित्र फेला परेका ३९ वटा शव चिनियाँहरूको मृत्यु भएको खुलेको छ।

पूर्वी ग्रेजस्थित वाटरग्लेड औद्योगिक क्षेत्रमा स्थानीय समयानुसार बुधवार १:४० बजेतिर त्यहाँ शव भएको सूचना पाएपछि एम्बुलेन्स सेवाले प्रहरीलाई खबर गरेको थियो।

हत्याको आशङ्कामा नोर्दन आयरलन्डका २५ वर्षीय लरी चालक मो रोबिन्सनलाई पक्राउ गरिएको थियो। रोबिन्सन अझै प्रहरी हिरासतमा रहेका छन्।

एसिक्स प्रहरीले शुरूमा सो लरी बल्गेरियाबाट हिँडेको भनेपनि पछि बेल्जियमबाट यूके छिरेको बताएको छ। सो लरी एङ्गलसीको हलिहेड हुँदै शनिवार ब्रिटेन छिरेको थियो।

बुधबार वाटरग्लेड औद्योगिक क्षेत्रको कन्टेनरमा ३८ जना वयस्क र एक किशोरको शव भेटिएको प्रहरीले जनाएको थियो। तीमध्ये आठजना महिला रहेको बताइएको छ।

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले यो दु:खद घटनाबाट आफू स्तब्ध भएको टिप्पणी गरेका थिए।बिबिसि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker