धर्म संस्कृतिविशेष

आज काग तिहार : यस्तो छ काग तिहाको धार्मिक महत्व

काठमाडौं ।
आज काग तिहार अर्थात यमपञ्चकको पहिलो दिन कागको पुजा गरि धुनधामका साथ मनाईदै छ । कार्तिक महिनाको त्रयोदसि तिथीमा हरेक बर्ष कागको पुजा गर्ने प्रचलन रहिआएको छ । धर्मशास्त्रहरु अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जिवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनविश्वास अहिलेपनि रहेको छ ।

कागलाई यमराजको सन्देश वाहकका रुपमा पनि पूजा गरिन्छ । त्यहि भएर चर्को आवाज निकालेर कराउने यस चरालाई काग तिहार बाहेक अरु बेला भने अशुभ र अशुद्ध पन्छीका रुपमा लिइन्छ । आजको दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । कागलाई विशेषगरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रुपमा लिइन्छ । कागले पुस १५ गते तिर्थमा गई स्नान गरी आज फर्केर रोटी खाने गरेको जनविश्वास रहेको छ ।

काग अत्यन्तै चलाख पंक्षी हो । काग सर्वभक्षी प्राणी पनि हो । काग तिहारमा कागलाई पुज्नुको विभिन्न महत्व र कारण रहेकाछन् । कागले सबैलाई समान दृष्टिले हेर्ने धार्मिक मान्यता रहेको छ । अर्कोतर्फ यसले अन्नबालीमा लाग्ने किरा फट्याँङ्ग्रा र सवै प्रकारका मांसजन्य फोहोरहरु खाईदिने हुनाले सर्वगूणी पंक्षीका रुपमा मानिन्छ ।

त्यसैगरी हाम्रो सामाजमा कागलाई काकगवेषण, काकन्याय तथा काकबलि आदि विविध शब्दले काग चरित्रको चर्चा गरिन्छ । आजको दिन कागलाईपूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागले लगेर लुकाएको रोटीलाई मानिसले भ्ट्टाएर ब्याउने गाईलाई खुवाए बाच्छी सप्रिने समेत बिस्वास गरिएको छ ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker