प्रदेश नं. ५

समाचार लेेखेको कारण पत्रकारलाई ज्यानमार्ने धम्कि

[mashshare]

काठमाडौं ।
समाचार लेेखेको कारण रुकुमका एक पत्रकारलाई स्थानिय वडा अध्यक्षले ज्यानमार्ने धम्कि दिएका छन् । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी द्वारा जारि गरिएको प्रेस विज्ञप्ति अनुसार नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधि, पत्रकार महासंघ रुकुम पश्चिमका काेषाध्यक्ष तथा रेखदेख साप्ताहिकका प्रकाशक/ सम्पादक प्रवीर ददेललाई मुसिकाेट नगरपालीका १३ का वडाध्यक्ष दिपक केसीले आक्रमणकाे प्रयास गरेकोमा नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ। समाचारकाे बिषयलाई लिएर पटक पटक ज्यान मार्ने धम्की दिदै आएका वडाध्यक्षले शुक्रवार राती भने आक्रमणकाे प्रयास गरेका हुन्।

मितिः २०७६ कार्तिक ९

प्रेस विज्ञप्ती

नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधि, पत्रकार महासंघ रुकुम पश्चिमका काेषाध्यक्ष तथा रेखदेख साप्ताहिकका प्रकाशक/ सम्पादक प्रवीर ददेललाई मुसिकाेट नगरपालीका १३ का वडाध्यक्ष दिपक केसीले आक्रमणकाे प्रयास गरेकोमा नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ। समाचारकाे बिषयलाई लिएर पटक पटक ज्यान मार्ने धम्की दिदै आएका वडाध्यक्षले शुक्रवार राती भने आक्रमणकाे प्रयास गरेका हुन्।

शुक्रबार साझ ७ बजे मुसिकाेटस्थित एक हाेटेलमा खाना खाईरहेका पत्रकार ददेललाई मदिरा सेवन गरेर खाएर आएका वडाध्यक्ष केसीले समाचार लेख्ने हात काट्ने र ज्यानै लिने धम्कि समेत दिएका हुन् । उनले अपशब्द बाेल्दै जहाँ भेट्याे त्यहि ठिक पार्ने धम्की समेत दिएका छन् । समाचार लेख्ने पत्रकारको हात काट्ने तथा ज्यानै लिने धम्की दिने नेकपाका नेता तथा वडाध्यक्ष केसीको हर्कतको नेपाल प्रेस युनियन भत्सर्ना गर्दै उनलाई तत्काल कानुनी दायरामा ल्याउन प्रसासनसँग माग गर्दछ। साथै पत्रकार ददेलको सुरक्षामा उचित व्यवस्था गरि भयरहित वातावरणमा पत्रकारिता गर्ने वातावरण मिलाइदिन नेपाल प्रेस युनियन स्थानिय प्रसासनसँग आग्रह गर्दछ। धन्यवाद । जय नेपाल।

अजयबाबु शिवाकोटी
महासचिव नेपाल प्रेस युनियन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker