विशेषसमाचार

सुकुटे बस दुर्घटनामा १५ को मृत्यु, २० घाइते

सिन्धुपाल्चोक ।
दोलखाको मागेदेउरालीबाट काठमाडौँ आउदै गरेको शैलुङगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोशीमा खस्दा मृत्यु हुनेको संख्या १५ पुगेको छ । मृतको सनाख हुन बाँकी रहेको प्रहरी जनाएका छन् ।

आइतबार दिउँसो १ बजे बस सडकबाट करिब २५ मिटर तल सुनकोशी नदिमा खस्दा ६ महिने शिशुसहित १५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोले जनाएको छ । बसमा ४३ जना यात्रु सवार थिए ।

5dbea

चालक धनबहादुर तामाङ सहित २० जनाको उद्धार गरी धुलिखेल अस्पताल पठाइएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

अहिले घाइतेहरुको उद्धार जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरी नायव उपरीक्षक काफ्ले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker