राजनीति

नेकपाले छान्यो उम्मेदवार:(उमेद्वारको नामसहित) ?

काठमाडौं।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभामा कास्की क्षेत्र नम्बर–२ को उपनिर्वाचनका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेकोे नेकपा सचिवालय बैठकले भट्टराईसँगै प्रदेशसभाका उम्मेदवार टुंगो लगाएको हो ।

बैठकले प्रदेशसभामा भक्तपुरबाट देवीप्रसाद ढकाल र दाङबाट बिमला ओलीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आगामी मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा सदस्य तथा स्थानीय तहका रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । रासस

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker