आइडियारोचक

एउटा अचम्मको गाउँः जहाँ मान्छे देखि जनावर सम्म दृष्टि विहीन

एजेन्सी
दनियामा धेरै यस्ता स्थानहरु छन् । जहाँ अनौठा अनि रोचक गतिबिधिहरु भईरहेका हुन्छन् । यस्तै अनौठो गतिबिधिहरु मेक्सिकोमा एक गाँउमा पनि रहेको छ ।

जुन गाँउलाई दृष्टिवीहिनको गाउँ भनेर भनिन्छ । जानकारीका लागि उक्त गाँउमा बस्ने मानिस मात्र नभई पशुपक्षीमा समेत दृष्टिबिहिन रहेका छन् । खास नाम टिल्टेपक रहेको गाँउमा बालबालिकाहरु सामान्यनै जन्मिए पनि केही समयपछि नै आँखाको दृष्टि हराउँदछ र बालबालिकाहरु अन्धो बन्दछन् । जोपोटेक आदिवासीका मानिसहरु अवस्थित गाउँमा यस्तो अनौठो समस्या देखा परेको हो ।

करिब ७० वटा झुप्रा घरहरु छन् र जनसंख्या ३ सय जति रहेको गाँउका मानिसहरु आफूहरुले सबै अन्धो हुनुमा गाउँमा रहेको एउटा रुखलाई दोषी मान्दै आएका छन् । लाभजुएला नामको उक्त रुख हेरेपछि मान्छे मात्र नभै पशुपक्षी सबै अन्धा हुने उनिहरुको भनाई छ । तर वैज्ञानिकहरुले भने अन्धोपनाको पछाडि उक्त रुखको कुनै हात नरहेको भन्दै एक प्रकारको विषालु झिंगा रहेको बताउदै आईरहेका छन् ।

उनिहरुले उक्त विषालु झिंगाले टोकेपछि मानिस र जनावरहरुको आँखाको ज्योति हराने दावि समेत गरेका छन् । त्यस आदिवासीका आगाउँको घरहरुमा ढोका हुँदैनन् जुन झन अनौठो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker