
काठमाडौं ।
बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले सातै प्रदेशका प्रमुख नियुक्तिका लागि नाम टुंगो गरेर सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।
नेकपाका महासचिव विष्णु पौडेलका अनुसार प्रदेश प्रमुखमा सिफारिस अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलकबहादुर परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठी रहेका छन्।