
काठमाडौँ ।
बलात्कारको आरोप लागेका पुर्वसभामुख कृष्णबहादुर महरालाईजिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । अदालतले उनलाई डिल्लीबजार कारागारको थुनामा राख्न आदेश दिएको स्रेस्तेदार आनन्द श्रेष्ठ बताएका छन् ।
सोमबार जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश गरेको हो |
तत्काल प्राप्त प्रमाण हेर्दा महरालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने देखिएको पाण्डेको इजलासले निष्कर्ष निकालेको स्रेस्तेदार श्रेष्ठले बताएका छन् ।