साहित्य
[mashshare]
गजल : ढल्दै थियो जब दिन रानी बनायौ

बालकृष्ण लम्साल
ढल्दै थियो जब दिन रानी बनायौ
जब बित्यो पुरै रात कहानी बनायौ
उता त चम्कंदो हो तिम्रो
त्यो दुनियाँ
यता तिर मलाई त नादानी बनायौ
नसै नसाले तिमी मधहोस भएपछि
पियौ सोमरस मलाई पानी बनायौ
जब छरपष्ट भयो तिम्रो मेरो
सम्बन्ध
दुनियाँ भन्छ वा क्या जवानी बनायौ ।।