राजनीति

भारतले सार्वजनिक गरेको नक्साप्रति कांग्रेसको आपत्ति,

[mashshare]

काठमाडौं । भारतले भर्खरै सार्वजनिक गरेको नक्सा प्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भारतले आज मात्रै सार्वजनिक गरेको नक्सामा नेपालको लिपुलेक र कालापानीलाई आफ्नो भूमिमा प्रस्तुत गरेपछि काँग्रेसले सरकारसँग धारणा समेत माग गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेका प्रवक्ता विश्व प्रकाश शर्माले ट्वीटर मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै सो बारे धारणा मागेका हुन् । ट्वीटमा उनले भनेका छन् – ‘कालापानी र लिपुलेक हाम्रो अभिन्न अङ्ग हुन्, नेपाल सरकारले तत्काल धारणा सार्वजकि गरेर तत्काल पहलकदमी गरोस्, नेपाली माटोका बारे कहिँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker